Rule 41J
जग्गाको पहिचान तथा छनौट गर्नेः
(१) नियम ४१ख. को उपनियम (४) मा उल्लिखित जग्गामा बसोबास वा आवाद कमोत गरेका भूमिहीन दलित वा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने स्थानको पहिचान र छनौट निजहरुको परामर्शमा स्थानीय तहले गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने स्थानको पहिचान र्‌ छनौट सम्बन्धित स्थानीय तहले गर्न नसक्रेमा आयोगले प्रदेश सरकारसँग समन्वय गरी त्यस्तो स्थानको पहिचान र छनौट गर्नेछ ।